Rule 24
नयाँ अनुमतिपत्र लिनुपर्ने
(१) ऐन प्रारम्भ हुनु अगावैदेखि जलस्रोतको उपयोग गरिरहेको व्यक्ति
वा संगठित संस्थाले पनि नियम १७ मा उल्लेखित विवरणहरू खुलाई ऐन प्रारम्भ भएको मितिले
एक वर्ष भित्र सम्बन्धित जिल्ला जलस्रोत उपयोगको अनुमतिपत्रको लागि दरखास्त दिनेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्त उपर सम्बन्धित जिल्ला जलस्रोत
समितिले आवश्यक जाँचबुझ गरी दरखास्तवालालाई अनुसूची–७ बमोजिमको ढाँचामा अनुमतिपत्र
दिनेछ ।